शनिबार, जेठ २, २०८३

तामाकोसी पाँचौंको स्रोत सुनिश्चित

 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०

काठमाडौं- दोलखाको बिगु गाउँपालिकामा बन्ने ९९.८ मेगावाट क्षमताको तामाकोसी पाँचौ जलविद्युत आयोजनाको स्रोत सुनिश्चित भएको छ। २१ अर्ब लागत लगानीको आयोजना अघि बढाउन त्रिपक्षीय सम्झौता भएसँगै स्रोत सुनिश्चित भएको हो। 

National life

आयोजनामा लगानी गर्न नेपाल  विधुयुत प्राधिकरण, तामाकोसी जलविद्युत कम्पनी लिमिटेड र कर्मचारी सञ्चय कोषबीच सम्झौता भएको छ। आइतबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतको नेतृत्वमा त्रिपक्षीय सम्झौता भएको हो। 

आयोजनाका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले लगानीको स्रोत सुनिश्चित भएसँगै आयोजना अघि बढ्ने पक्का भएको बताए। आयोजनाबाट उत्पादित बिजुली माथिल्लो तामाकोसी आयोजनाले बनाएको २२० केभीको प्रशारणलाइनमा जोडिने समेत भण्डारीले बताए।

आयोजनामा ब्याजसहित लाग्ने २१ अर्ब लागतमध्य ६५ प्रतिशत ऋण लगानी र ३५ प्रतिशत स्वपूजी रहने बताइएको छ। आयोजनाबाट उत्पादित बिजुली किन्न प्राधिकरणसँग विद्युत खरिद सम्झौता भइसकेको छ।

प्रकाशित: May 22, 2023| 05:47 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्