आइतबार, वैशाख १३, २०८३

यस्तो छ आजको राशिफल [२०८० जेठ ८ गते]

 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला। मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ। दिनको उत्तरार्ध भने सुखद् रहनेछ।

National life

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभ कार्यमा सरिक भइनेछ। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। अचल सम्पत्ति हात पर्ने योग छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वाक् चतुर्‍याइँले सङ्कल्प सिद्ध हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। शुभ समाचार सुन्नमा आउला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ। कार्य शिद्धिको योग छ। मनमा उत्साहका साथै बोली विक्ने समय छ। शुभकार्यको चर्चा चल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशिलताले कामहरू अगाडि बढ्नेछन्। चिताएको कामले तीव्रता लिनेछ। आकस्मिक धन लाभ हुनेछ। धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।

kumari

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अनावश्यक ठाउँमा धन खर्च हुनेछ। नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला। लगानी गर्नु उपलब्धिमूलक नहोला। अतिथिको सेवा होला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
न्यायिक क्षेत्रमा सफलता मिल्ला। वैदेशिक कार्य अघि बढ्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। जोश, जाँगर र उमंग बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। पठनपाठनमा प्रगति हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
श्रमको उचित मूल्याङ्कन हुनेछ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। आर्थिक लाभ रहला। अनुहारमा कान्ति र मनमा शान्ति छाउला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज कार्यमा अवरोध आउला। यात्रामा मालसामान हराउन सक्छ। घरायसी झमेलामा परिएला। दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज बित्तीय संस्थाबाट सहयोग पाइनेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। विश्वास गरेकाले साथ दिनेछन्। शुभकार्यको चर्चा चल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज धर्मकर्ममा रुची बढ्नेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। नयाँ कार्यको थालनी हुनेछ। शुभ समाचार पनि सुन्न पाइएला। विपरित लिंगीप्रति आकर्षण बढ्नेछ।

प्रकाशित: May 22, 2023| 06:07 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्