बिहीबार, साउन ७, २०८३

ओलम्पिक छनोट खेल्ने महिला टोलीलाई बिदाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- म्यानमारमा आयोजना हुने ओलम्पिकका लागि एशियाली छनोट प्रतियोगितामा सहभागि हुन जाने नेपाली महिला टोलीलाई बिहिबार एक कार्यक्रमबीच बिदाई गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्टले एन्फा कम्प्लेक्समा बिदाई गरे ।

टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक, एक टोली नेता र एक व्यवस्थापक रहेका छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्र प्रसाद मिश्र, टोली नेतामा दिर्घ बहादुर केसी र व्यवस्थापकमा कमला हिराचन थकाली रहेका छन् ।

नेपाली टोलीको समूहमा भारत, म्यानमार र बंगलादेश रहेका छन् । पहिलो पटक ओलम्पिक छनोट प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपालले आफ्नो पहिलो खेल ८ नोभेम्बरमा भारतसँग प्रतिस्पर्धा गर्ने छ भने ११ नोभेम्बरमा म्यानमार र १३ नोभेम्बरमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

यस अघि नेपाली टोलीले चाईनामा तीन मैत्री पूर्ण खेल खेल्ने छ । नेपाली टोलीले अक्टोबर २९ र ३१ तारिखमा बेईजिङ्ग फोनिक्स महिला फुटबल टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ । यस्तै ३० तारिखमा बेईजिङ्ग स्पोर्टस् युनिभर्सिटीसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । २ नोभेम्बर टोली चाईनाबाट म्यानमार प्रस्थान गर्ने छ ।

नेपाली टोलीलाई शुभकामना सहित बिदाई गर्दै सदस्य सचिव बिष्टले नेपाली महिला टोलीले पहिलो पटक प्राप्त गरेको अवसरलाई सदुपयोग गर्ने भन्दै टोलीले राष्ट्रको नाम उच्च राख्ने बिश्वास ब्यक्त गरे । नेपाली टोली शुक्रबार चाईना प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।