बुधबार, भदौ ३, २०८३

आईपीएलमा हैदरावादलाई मुम्बईले हरायो

 |  आइतबार, जेठ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ७, २०८०

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको छ। टोलीले १८ ओभरमा २०१ रनको लक्ष्य पछ्याएको थियो। खेलमा क्यामरुन ग्रीनले आईपीएल करियरको पहिलो शतक बनाउँदै टोलीलाई जित दिलाए। 

वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको एसआरएचले २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो। जवाफमा मुम्बईले १८ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

जितपछि मुम्बई १६ अंकसहित चौथो स्थानमा पुगेको छ। तर प्लेअफमा छनोट हुन उनीहरूले लिग चरणको अन्तिम खेलमा बैंग्लोरको खेललाई पर्खनु पर्नेछ। बैंग्लोर हारे वा वर्षाका कारण खेल रद्द भए मुम्बई छनोट हुनेछ। बैंग्लोरले जिते मुम्बई बाहिरिनेछ।

प्रकाशित: May 21, 2023| 20:24 आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्