बुधबार, भदौ ३, २०८३

विष्णु रिमाललाई हर्क साम्पाङको जवाफ- गुइँठे

 |  आइतबार, जेठ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ७, २०८०

नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल र धरानका मेयर हर्क साम्पाङबीच वादविवाद भएको छ। उनीहरू दुवैले एक-अर्कामाथि तुच्छ शब्द प्रयोग गरेका छन्।

रिमालको एउटा भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा उनले पछिल्लो समय उदाएका तीन युवा नेताहरूमाथि टिप्पणी गरेका छन्।

उनले हर्क साम्पाङलाई ‘बौलाहा टाइपको’ संज्ञा दिएका छन्। रिमालले फेसबुकमा अत्यधिक लाइक आउने प्रसंगमा काठमाडौंका मेयर बालेन शाह, धरानका मेयर हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम लिएका थिए।

एमाले अध्यक्ष केपी ओलीको फेसबुकमा पनि उनीहरूको जस्तै लाइक आएमा पार्टीले बहुमत ल्याउने रिमालको दाबी थियो।

सामाजिक सञ्जालमा सक्रिय रहने मेयर साम्पाङले रिमाललाई फेसबुकमा स्टाटस लेख्दै ‘गुइँठे’ संज्ञा दिएका छन्। साम्पाङको स्टाटस यस्तो छ, ‘विष्णु रिमाल कि खोइ के भन्ने गुइँठेले के भने भन्ने कुराको प्रतिवाद म दिन्न। मेरा समर्थक र शुभचिन्तक सार्वभौम नेपाली जनतालाई छोडिदिन्छु।’
 

प्रकाशित: May 21, 2023| 10:39 आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्