बुधबार, भदौ ३, २०८३

पोखरीमा एक युवकको शव भेटियो

 |  शनिबार, जेठ ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ६, २०८०

महोत्तरी- महोत्तरीको भारतीय सीमावर्ती सम्सी–६ को पोखरीमा एक युवकको शव फेला परेको छ। प्रहरीका अनुसार सोही  बस्तीका रामदयाल महतोका २२ वर्षीय छोरा देवेन्द्र महतोको शव पोखरीमा फेला परेको हो। 

पोखरी डिलमा चिप्लिएर महतोको मृत्यु भएको प्रारम्भिक अनुमान गरिए पनि शव परीक्षण प्रतिवेदन प्राप्त भएपछि मृत्युको कारण यकिन हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए।

शव परीक्षणका लागि जिल्ला सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पताल पठाइएको छ। 
 

प्रकाशित: May 20, 2023| 21:22 शनिबार, जेठ ६, २०८०
प्रतिक्रिया दिनुहोस्