शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • खाद्यान्न आयात प्रतिस्थापन गर्ने सरकारको योजना छ: मन्त्री भुसाल

खाद्यान्न आयात प्रतिस्थापन गर्ने सरकारको योजना छ: मन्त्री भुसाल

 |  शनिबार, जेठ ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ६, २०८०

कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले कृषि र पशुपालनबाट मात्र देशको अर्थतन्त्रमा सुधार हुने बताएका छन्।

National life

मन्त्री भुसालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कृषिमा केही गर्न सकिन्छ भन्ने छनक देखिएको बताउँदै कृषि र पशुपालनको क्षेत्रको विकासले मात्रै अर्थतन्त्र बलियो हुने बताए।

कृषि र पशुपालनमा उत्पादन वृद्धि भएमा आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन बढाउन सकिने उनको भनाइ छ। 'पहिले खाद्यान्न निर्यात गथ्र्यौं, अहिले खाद्यान्न आयात गर्छौं। त्यसलाई प्रतिस्थापन गर्ने हाम्रो पहिलो लक्ष्य हो। सबैभन्दा बढी उब्जाउ क्षेत्र तराई हो। तराईमा सिँचाइको व्यवस्थापन गरेर कृषिमा व्यावसायीकरण गरेर खाद्यान्न निर्यात गर्ने लक्ष्य सरकारको छ,' उनले भने।

भूमिकास्थान नगरपालिकामा आयोजित कृषिमन्त्री भुसालको सम्मान तथा अन्तरक्रियामा उनले नेपालमा १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको र त्यस्तो जग्गामा सामूहिक खेती र सहकारी खेती गरेर उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको बताए। 'बाँझो जमिनमा एकल खेती होइन, सामूहिक तवरको खेती गरिनेछ। पहिलेजस्तो गोरुले जोतेर, कोदाली खनेर गरिने खेतीको लागत मूल्य बढ्ने भएकाले व्यावसायीककरण र यान्त्रिकीकरणबाट उत्पादन बढाउनु अहिलेको आवश्यकता हो,' उनले भने।

उनले धान, मकै, गहुँलगायतको मूल्य उत्पादन हुनुभन्दा पहिले नै तोकिने बताए। उनले यसभन्दा पहिला उत्पादन भएपछि धानको तथा उखुको मूल्य निर्धारण हुँदै आएकामा अब बाली लगाउनुभन्दा पहिले नै मूल्य निर्धारण हुने जानकारी दिए।

भूमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापाले नगरपालिकामा रहेको पाखोबारी तथा खेतका फाँटमा अन्नबाली, फलफूल, तरकारी र जडीबुटीको माध्यमबाट उत्पादन वृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।
 

प्रकाशित: May 20, 2023| 19:00 शनिबार, जेठ ६, २०८०
प्रतिक्रिया दिनुहोस्