सोमबार, असार २९, २०८३

अर्थमन्त्रीलाई वाग्लेको सुझाव- अप्रिय कदम चाल्नुस्

 |  शनिबार, जेठ ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ६, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले बजेटको आकार विश्वसनीय बनाउन आवश्यक रहेको बताएका छन्।

शनिबार अर्थ समितिको बैठकमा उनले यसका लागि अर्थमन्त्री प्रकाशशरण महतले अप्रिय निर्णय लिनुपर्ने बताए। सांसद वाग्लेले लाइसेन्सिङ र पोलिसी करप्सनलाई प्रहार गर्न आवश्यक रहेकोमा जोड दिए।

देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे। उनले कागजपत्र, नियमावली संशोधन र सके संविधान नै संशोधन गरेर नीतिगत भ्रष्टाचार हुने गरेको बताए। उनले अहिले गल्ती गर्नेहरुलाई समात्न पनि अफ्ठ्यारो हुनेगरी नीतिगत भ्रष्टाचार भइरहेको उल्लेख गरे।

उनले अर्थसम्बन्धी विषय अर्थ मन्त्रालयमा नै गएर टुंगिने भन्दै नीतित भ्रष्टाचार रोक्न नयाँ सोच अघि सार्नुपर्ने बताए।
 

प्रकाशित: May 20, 2023| 18:14 शनिबार, जेठ ६, २०८०
प्रतिक्रिया दिनुहोस्