बुधबार, भदौ ३, २०८३

अंग्रेजी ट्रेलरमा यस्तो देखियो 'बाटो : रोड टु डेथ'

 |  शनिबार, जेठ ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ६, २०८०

काठमाडौं- फिल्म ‘बाटोः रोड टु डेथ’को अंग्रेजी भाषाको ट्रेलर सार्वजनिक गरिएको छ। केही अगाडि सार्वजनिक नेपाली ट्रेलरको राम्रो चर्चापछि निर्माण युनिटले अंग्रेजीमा पनि ट्रेलर ल्याएको हो। 

यो ट्रेलरमा पनि साइकोटिक कल्ट ग्याङलाई भयानक खलनायकको रूपमा देखाइएको छ। ट्रेलरमा फिल्मभित्रको कथा भने केही पनि खुलाइएको छैन। ट्रेलर आकर्षक छ।

साउथ इन्डियन शैलीमा साउथकै टिमबाट निर्माण भएको नेपाली रोड थ्रिलर फिल्म ‘बाटोः रोड टु डेथ’ को फष्टलुकले राम्रै चर्चा पाएको थियो।

काठमाडौं फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मका लेखक तथा निर्देशक मदन थापा र छायाकार शरण ऋषि हुन्। निर्देशक थापा तथा छायाकार ऋषि भारतको चेन्नई फिल्म उद्योगमा चर्चित छन्।

चेन्नईमा प्राविधिक कार्य भइरहेको फिल्म नेपाली, अंग्रेजी, तमिल र हिन्दीमा तयार हुनेछ। 

फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको मुख्य भूमिका देख्न सकिन्छ।  फिल्मका निर्माता चन्दन झा हुन्। फिल्मको रिलिज मिति अहिलेसम्म सार्वजनिक गरिएको छैन। 

फिल्म डब्बी एटमस साउन्डमा तयार हुनेछ। डब्बी एटमस साउन्ड सिस्टममा नेपालमा पहिलो पटक फिल्म तयार हुन लागेको हो।

प्रकाशित: May 20, 2023| 17:56 शनिबार, जेठ ६, २०८०
प्रतिक्रिया दिनुहोस्