शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उपत्यकाको विकासका लागि सुविधासम्पन्न प्राधिकरण गठन गर्न कांग्रेस नेता पौडेलको सुझाव

उपत्यकाको विकासका लागि सुविधासम्पन्न प्राधिकरण गठन गर्न कांग्रेस नेता पौडेलको सुझाव

उपत्यकामा सडक, बिजुली, खानेपानी विस्तार तथा मर्मतका लागि भत्काउने र बनाउने क्रम चलिरहेकाले एकीकृत विकास प्रणाली लागू गरेर समन्वय गरिनुपर्नेमा नेता पौडेलको जोड।
 |  शनिबार, जेठ ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ६, २०८०

काठमाडौं– सांसद एवं कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौंमा एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्ने बताएका छन्। शनिबार जनकल्याण सामाजिक केन्द्रले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा वातावरण कार्यक्रममा उनले काठमाडौंभित्रको विकासका लागि एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन्।

National life

उनले भने, काठमाडौंभित्रका सडकमा आवश्यक समन्वय नहुँदा भत्काउने र बनाउने क्रम चलेको छ। सबै निकायको आवश्यक समन्वय गरी एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ।’

काठमाडौं ५ का सांसद पौडेलले उपत्यकाभित्रको विकासका लागि सुविधासम्पन्न प्राधिकरण निर्माण गर्नुपर्ने बताए। काठमाडौं संसारको प्रदूषित सहर बन्दै गएकाले यसलाई सफा, सुन्दर र हराभरा बनाउन नागरिक स्तरबाटै लाग्नुपर्ने उनको भनाइ छ। नेता पौडेलले खोला क्षेत्रको वरपर करिडोर निर्माण गरेर त्यहाँ वृक्षरोपण गर्न सके मात्र काठमाडौंको वातावरण राम्रो हुने बताए।

कांग्रेस नेता एवं पूर्वसांसद जगदीश्वरनरसिंह केसीले काठमाडौ)लाई स्वच्छ, सुन्दर र हराभरा बनाउन व्यक्तिबाटै पहल हुनुपर्ने धारणा राखे। काठमाडौंभित्र भद्रगोल विकासलाई अन्त्य गर्दै व्यवस्थित विकासमा सबै लाग्नुपर्ने उनको भनाइ थियो। 

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले तारकेश्वरभित्र आयुर्वेद अस्पताल निर्माणका लागि नगरपालिकाले पहल गरिरहेको जानकारी दिए।

यस्तै, साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा डायलासिस सेवा प्रदान गर्न नगरपालिकाले काम सुरु गरिसकेको उनको भनाइ थियो। वातावरण संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको नगरप्रमुख महर्जनले बताए।

२०७० मा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले काठमाडौंको उत्तरी क्षेत्रको टोखा र तारकेश्वर क्षेत्रमा सामाजिक काम गर्दै आएको छ। सो केन्द्रले हालसम्म देशका विभिन्न २ सय बढी क्षेत्रमा पुगेर स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सञ्चालन गरिसकेको केन्द्रका अध्यक्ष विकासकुमार दासले जानकारी दिए।

प्रकाशित: May 20, 2023| 13:32 शनिबार, जेठ ६, २०८०
प्रतिक्रिया दिनुहोस्