बिहीबार, वैशाख ३१, २०८३

अन्तरिक्ष यात्री शर्माको बायोपिक फिल्‍म बन्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मुम्बर्इ- बलिउडमा अहिले बायोपिकमा आधारित फिल्मको ट्रेन्ड बढेको छ। यसै क्रममा भारतीय अन्तिरक्ष यात्री राकेश शर्मामा बायोपिक बन्न लागेको छ। 

राकेश शर्मा, सोभियत इन्टरकस्मो स्पेशमा आबद्ध भएका एक मात्र भारतीय नागरिक हुन्। सन् १९८२ मा इन्डियन स्पेश रिर्सच अर्गनाइजेसनबाट सोभियत इन्टरकस्मो स्पेस प्रोग्राममा आबद्ध भएको थिए। यसैगरी उनी पहिलो भारतिय अन्तिरक्ष यात्री पनि हुन्। 

‘सैलुट’ नाम राखिएको भए पनि अन्तमा फिल्मको नाम सारे जहाँ से अच्छा तय भएको छ। फिल्मको सुटिङ  फेब्रअरीबाट सुरू हुनेछ भने रिलिज डेट आगामी दिपावलीलाई अनुमानित रूपमा तय गरिएको छ। 

यस फिल्मको लागि पहिले अमिर खानलाई ‘एप्रोच’ निमार्ण पक्षले गरेका थिए। आमिर खानले नै शाहरूख खानको नाम सिफारिस गरेको पनि जानकारीमा आएको छ। 
शाहरूख खान आफ्नो महत्वकांक्षी फिल्म ‘जिरो’ को प्रामोसनको लागि रहेका छन्। जिरो अहिलेसम्म कै महंगो फिल्म रहेको कारण पनि उनी यस फिल्मको लागि विशेष तयारीमा रहेको छन्। 

यस कारण पनि, जिरोको रिलिज पछि मात्र उनी यस फिल्मलाई समय दिने बताएका छन्। निमार्ण पक्षले भने यही समयको सदुपयोग गर्दै स्पेशल इफेक्ट्समा काम सुरू गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्