मंगलबार, पुस १, २०८२

जोखिम भत्तामा विभेद : 'ठूला'ले लिए, 'साना' खाली हात

कोरोनाको उपचारमा अग्रपंक्तिमा रहेर सेवा गर्ने सरसफाइ कर्मचारीदेखि स्वास्थ्यकर्मीसम्मका व्यक्तिलाई जोखिम भत्ता दिने सरकारले निर्णय गरेपछि सबैले उत्साहका साथ काम गरे।
 |  बिहीबार, साउन २८, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, साउन २८, २०७८

विराटनगर– कोरोनाको उपचारमा अग्रपंक्तिमा रहेर सेवा गर्ने सरसफाइ कर्मचारीदेखि स्वास्थ्यकर्मीसम्मका व्यक्तिलाई जोखिम भत्ता दिने सरकारले निर्णय गरेपछि सबैले उत्साहका साथ काम गरे।

National life

कोशी अस्पताल विराटनगरको तल्लो तहमा रहेर काम गर्ने कर्मचारीले पनि जोखिम मोलेर काममा खटिए। कोरोना सर्ने चिन्ता भन्दा पनि भत्ता पाइने आशाले उनीहरु काममा लागिपरेका थिए। बिरामीको सेवामा दिनरात नभनी काम गरे। तर जोखिम भत्ता आउला भन्दाभन्दै नआउने अवस्थामा पुगेपछि उनीहरु विभिन्न निकायमा गुनासो लिएर धाउने गरेका छन्। तल्लो तहका कर्मचारीका लागि सरकारको निर्णय कागलाई बेल पाके सरह भएको छ। अस्पतालको मनोमानिका कारण जोखिम भत्ता पाउन नसकेको उनीहरु बताउँछन्। 

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, नर्सिङ कर्मचारी परिचालनको जिम्मेवारीमा रहने मेट्रोन एवं अस्पतालकी सूचना अधिकारी मञ्जु यादव, नायब सुब्बा हरि सुवेदीलगायतका सबै प्रशासनिक कर्मचारीले जेठ र असार महिनाकै भत्ता बुझिसकेका छन्। एक जनाले कम्तीमा आठ हजार दुई सय ७९ देखि बढीमा २१ हजार रूपैयाँसम्म मासिक भत्ता पाएका छन्। अस्पतालको सिफारिसमा मन्त्रालयले जेठमा एक सय ९८ र असारमा एक सय ७४ जनालाई भत्ता उपलब्ध गराएको छ।

तर, आकस्मिक र ओपीडी काउण्टरमा कार्यरत ११ जनामध्ये खरिदार लक्ष्मी थापाले एक महिनाको मात्रै भत्ता पाएकी छन्। भत्ताविहीन बनाइएका १० जनामध्ये सात जनालाई काम गर्ने क्रममै कोरोना संक्रमण भइसकेको छ। सरसफाइकर्मीलाई काममा खटाउने एक जनाले पाए। तर ठूलो संख्यामा रहेका सरसफाइकर्मी भत्ताविहीन बनाइएपछि त्यत्तिकै जोखिम मोलेर काम गर्न बाध्य छन्।

बिरामीको अत्यधिक भीडभाड हुने ओपिडी, आकस्मिक कक्ष, बिलिङ काउण्टर, टिकट काउण्टर, कोरोना शंकास्पदको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने फिवर क्लिनिकमा खटिने कर्मचारी एवं कार्यालय सहयोगी, स्वीपर (सरसफाइकर्मी) लगायतलाई भने भत्ताविहीन बनाइएको छ। अस्पताल प्रशासनले पहुुँचवालाका लागि मात्रै भत्ताका लागि स्वास्थ्य मन्त्रालयमा सिफारिस गर्दा जोखिमपूर्ण तरिकाले अहोरात्र खटिने कर्मचारी भने भत्ताबाट बञ्चित भएको उनीहरु बताउँछन्।

Laxmi sunrise bank
kumari

अस्पतालकै सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिममा खट्ने चिकित्सक एवं कर्मचारीलाई तलबको ५० प्रतिशत मासिक भत्ता उपलब्ध गराउने गरेको छ। तर विभेदपूर्ण तरिकाले अस्पताल प्रशासनले मिलेमतोमा आफू र आफू नजिककाको मात्रै सिफारिस गरेर भत्ताका लागि मन्त्रालयमा नाम पठाउँदा अति नै जोखिममा रहेका कर्मचारी मारमा परेका छन्। 

अस्पताल स्रोतका अनुसार व्यवस्थापनमा खटिएका, बीमा, फार्मेसी र काउण्टरमा काम गर्नेहरुले भत्ता नपाएको गुनासोसहित निवेदन दिएका छन्। अस्पतालकी मेट्रोन एवं सूचना अधिकारी यादवले कोभिड अस्पतालमा कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा खटिनेले मात्रै भत्ता पाएको बताइन्। सबै कर्मचारीलाई भने दिलाउन नसकिएको उनले बताइन्।  कोसी अस्पताल विराटनगरमा दैनिक एक सय जनाभन्दा बढी कोरोनाका शंकास्पदको पिसिआर परीक्षण हुँदै आएको छ। अस्पतालमा उपचारका लागि दैनिक १ हजार व्यक्ति आउने गरेका छन्।  कोसीमा ६२ बेडको कोभिड अस्पताल सञ्चालनमा छ।

कोशी अस्पतालमा नेपाल सरकार र अस्पताल विकास समितिको सहित चिकित्सक, नर्सिङ, प्रशासनीक एवं प्रयोगशालाका कर्मचारी, प्राविधिक, सुरक्षागार्ड, श्रेणीविहीन गरी पाँच सय १६ जनाको दरबन्दी छ। चार सय ५० जनाजति कार्यरत छन्। अरु दरबन्दी रिक्त छ। दुई वर्षे छात्तवृत्ति करारतर्फ चिकित्सक र नर्सिङ कर्मचारी गरेर ३७ जना एवं कार्यालय सहयोगीसहित डोर हाजिरीतर्फ ४८ जना कार्यरत छन्।

प्रकाशित: Aug 12, 2021| 07:12 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।