सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आईपीएलमा पञ्जाबलाई राजस्थानले हरायो

 |  शनिबार, जेठ ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ६, २०८०

triton college
Metro Mart
vianet

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा पञ्जाब किंग्सलाई ४ विकेटले हराउँदै राजस्थान रोयल्सले जित हासिल गरेको छ। यो जितसँगै राजस्थानले प्लेअफमा जाने सम्भावना कायमै राखेको छ। 

खेलको अन्तिम ओभरमा ध्रुव जुरेलको छक्कासँगै राजस्थानले जितेको हो। यो हारसँगै पञ्जाबको प्लेअफको सपना भने अन्त्य भएको छ। राजस्थान अंकतालिकाको पाँचौं नम्बरमा पुगेको छ तर उसले प्लेअफमा जाने/नजाने निर्णय अन्य टिमको हारमा निर्भर रहनेछ।

शुरूआती ब्याटिङ गर्दै पञ्जाबले ५ विकेटमा १८७ रन बनाएको थियो। जवाफी ब्याटिङ गर्दै राजस्थानका खेलाडी यशस्वी जयसवाल, देवदत्त पडिक्कल र हिमरन हेटमायरको सानदार प्रदर्शनका कारण जित सम्भव भयो। यशस्वीले ५० र देवदत्तले ५१ रन बनाए भए हेटमायरले २८ बलमा ४६ रनको योगदान गरे।
 

प्रकाशित: May 20, 2023| 06:00 शनिबार, जेठ ६, २०८०
प्रतिक्रिया दिनुहोस्