शुक्रबार, वैशाख १४, २०८१

भारतको केन्द्रीय बैंकले दुई हजार दरका नोट फिर्ता लिने

 |  शुक्रबार, जेठ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ५, २०८०

काठमाडौं- भारतको केन्द्रीय बैंकले दुई हजार रुपैयाँ दरका नोट बजारबाट फिर्ता लिने घोषणा गरेको छ।

triton college

भारतीय रिजर्भ बैंकले बैंकहरुलाई ग्राहकका लागि तत्कालै लागू हुनेगरी २ हजार दरका नोट जारी नगर्न निर्देशन दिएको हो।

रिजर्भ बैंकका अनुसार यही मे २३ देखि कुनै पनि बैंकमा गएर २ हजारका नोट अन्य दरका नोटसँग साट्न सकिने जनाएको छ।

भारतीय रिजर्भ बैंकले यही वर्षको सेप्टेम्बर ३० सम्म २ हजार दरका नोट बैंकमा जम्मा गर्न सकिने जनाएको छ। यद्यपि यी नोटहरु सेप्टेम्बर २० पछि पनि बजारमा प्रयोग गर्न सकिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ।

प्रकाशित: May 19, 2023| 21:11 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्