आइतबार, वैशाख १३, २०८३

यस्तो छ आजको राशिफल [२०८० जेठ ६ गते]

 |  शनिबार, जेठ ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ६, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्य भरपर्दो रहनेछ। लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ। मानशिक शान्ति र आराम मिल्नेछ। पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ। रोकिएका सबै काम आज पूरा हुनेछन् तर समयको सही उपयोग अवश्य गर्नुहोला।

National life

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्य रहनेछ। गरेको लगानीबाट नोक्सानी हुन सक्छ। त्यसकारण लेनदेन, व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला। अनावश्यक विवाद नगर्दा राम्रो होला। यात्रामा जाँदा विशेष सजग हुन आवश्यक छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय अनुकूल छ आज। व्यापारमा सबै प्रकारले लाभ मिल्नेछ। स्वास्थ्यले पनि राम्रो साथ दिनेछ। उठ्नुपर्ने रकम उठ्नेछ। मुनाफा बढ्ने काममा लगानी गर्नुभए राम्रो परिणाम पाइनेछ। घरमा नयाँ सामान किनमेल हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय राम्रो छ। तपाईंले सोचेअनुसार काम सफल हुनेछन्। त्यसैले जे काम गर्नु छ, आज थालनी गर्नुभए राम्रो हुनेछ। आर्थिक काम सफल हुनेछन्। मानसम्मान प्राप्त हुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय मध्यम रहेको छ आज। शैक्षिक क्षेत्रका काम सफल हुन सक्छन् भने विद्यार्थीले पढाइमा राम्रो नतिजा प्राप्त गर्न सक्छन्। सामाजिक तथा परोपकारी काम गर्दा राम्रो होला। आर्थिक तथा व्यावसायिक क्षेत्र सामान्य रहन सक्छन्।  

kumari

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय त्यति अनुकूल छैन आज। मानसिक चिन्ता बढ्न सक्छ। घरमा तथा परिवारका लागि अनावश्यक खर्च हुने अवस्था छ। नयाँ कामको सुरुवात तथा लगानीको लागि आज समय राम्रो छैन। विद्यार्थीले पढाइमा अलि बढी मेहनत गर्नुपर्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज दिन राम्रो रहनेछ। व्यवसाय गर्नेहरुले राम्रो नाफा कमाउन सक्छन्। उचित ठाउँमा गरिएको लगानीले राम्रो प्रतिफल पाउन सकिन्छ। परिवारको साथमा घुमघाम वा रमाइलो समय व्यतित गर्न सकिन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिन राम्रो रहनेछ। पहिले गरिएको लगानीबाट राम्रो प्रतिफल मिल्न सक्छ। शत्रुहरु पछि हट्नेछन्। परिवारको साथमा समय व्यतित गर्न सकिनेछ। टाढाबाट धन आउने, नयाँ  काममा लगानी गर्न मन लाग्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज दिन मध्यम रहन सक्छ। सामाजिक काममा लाग्दा मानसम्मान प्राप्त गर्न सकिन्छ। धार्मिक क्षेत्रमा पनि रुचि लिँदा राम्रो हुन्छ। आर्थिक क्षेत्र तथा व्यवसाय भने सामान्य रहन सक्छ। शैक्षिक क्षेत्रका कामहरु सफल हुनेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन सामान्य रहन सक्छ। बिनाप्रयोजनको यात्रा हुन सक्छ भने अनावश्यक धन खर्च हुन सक्ने भएकाले ध्यान दिनुहोला। स्वास्थ्य पनि कमजोर रहन सक्छ। त्यसैले स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। अनावश्यक काम र विवादमा समय व्यतित हुन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज समय शुभ छ। साथीभाइ, सहकर्मी तथा आफन्तको सहयोग प्राप्त हुन सक्छ। आयआर्जन राम्रो रहन्छ। स्वास्थ्य राम्रो रहने र काम गर्ने जोश आउँछ। पढाइलेखाइ, परीक्षा र प्रयोगात्मक कार्यमा ठूलो सफलता मिल्ने देखिन्छ। आकस्मिक धन, मान र काम प्राप्त गर्ने योग परेको छ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज समय सामान्य छ। आफन्त, साथीभाइ तथा सहकर्मीसँग विवाद हुन सक्ने भएकाले ध्यान दिनुपर्छ। मिठो भोजन प्राप्त हुन सक्छ। धनको क्षेत्र सामान्य रहन्छ। स्वास्थ्य मध्यम रहन सक्छ।

प्रकाशित: May 20, 2023| 06:06 शनिबार, जेठ ६, २०८०
प्रतिक्रिया दिनुहोस्