शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकद्वारा चुरे र डडेल्धुरा बजारमा प्रहरी बिट निर्माण

सनराइज बैंकद्वारा चुरे र डडेल्धुरा बजारमा प्रहरी बिट निर्माण

 |  शुक्रबार, जेठ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ५, २०८०

काठमाडौं- सन्‌राइज बैंकले सुदूरपश्चिमको भिमदत्त पन्त राजमार्ग अन्तर्गत चुरे गाउँपालिका र डडेल्धुरा बजार क्षेत्रमा प्रहरी बिट निर्माण गरेको छ।

National life

बुधबार र शुक्रबार छुट्टाछट्टै कार्यक्रम गर्दै बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले प्रहरी बिट हस्तान्तरण गरेका हुन्। सर्वसाधारण र चल्ने यातायातको सुरक्षाको लागि वडा कार्यालय र इलाका प्रहरीसंग समन्वय गरी १–१ थान प्रहरी बिट निमाण गरिएको बैंकले जनाएको छ।

गाउँपालिकामा निर्मित प्रहरी बिट हस्तान्तरण कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटी, इलाका प्रहरी कार्यालय फलटुडे कैलालीका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्म सिंह बिष्ट र चुरे गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष खगेन्द्र खडायतको उपस्थिति रहेको जनाइएको छ।

त्यस्तै, डडेल्धुराको कार्यक्रममा अमरगढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष टंक बहादुर क्षेत्री र प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टकोे उपस्थितीमा प्रहरी बिट हस्तान्तरण गरिएको हो।

नायब उपरीक्षक भट्टका अनुसार बैंकले गरेको सहयोगले प्रहरी जाँच र राजमार्गमा यात्रा गर्ने यात्रुहरुलाई सुरक्षा र सहजता हुने विश्वास रहेको छ।

प्रकाशित: May 19, 2023| 19:50 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्