शनिबार, जेठ २, २०८३

आइएमई पेको ‘ह्यापी शपिङ एट बिगमार्ट’ अफर सार्वजनिक

 |  शुक्रबार, जेठ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ५, २०८०

National life

काठमाडौं- आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले बिगमार्ट चितवनसँगको सहकार्यमा नयाँ अफर सार्वजनिक गरेको छ।

‘ह्यापी शपिङ याट् बिगमार्ट’ नामक अफरको पहिलो चरण अन्तर्गत ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्नेछन्। जेठ महिना भरि बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा ‘आइएमई पे’को स्मार्ट क्युआर स्क्यानमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुने आइएमईले जनाएको छ। आइएमईका ग्राहकले प्रत्येक कारोबारमा रु १०० सम्म छुट पाउन सक्ने छन् र सो छुट प्रत्येक ग्राहकले अफर अवधि भरि ५ पटकसम्म प्राप्त गर्न सक्ने छन्।

अफरको दोश्रो चरण अन्तर्गत असार १ देखि साउन ३२ गतेसम्म रहने छ। सो अवधिमा ‘आइएमई पे’ले चितवन बिगमार्टमा राखिने एक्टिभेसन बुथमा ‘आइएमई पे’को खाता सुचारु गर्नका साथै ग्राहक वर्गलाई विभिन्न किसिमका गेमहरू खेल्ने सुविधा प्रदान गर्नेछ। साथै आकर्षक उपहारहरू पनि प्रदान गरिने आइएमईले जनाएको छ।
 

प्रकाशित: May 19, 2023| 19:20 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्