शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसमा फिल्टर हस्तान्तरण

सनराइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसमा फिल्टर हस्तान्तरण

 |  शुक्रबार, जेठ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ५, २०८०

National life

काठमाडौं-सनराइज बैंकले कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसलाई वाटर प्युरिफायर प्रदान गरेको छ।

बिहीबार आयोजित एक कार्यक्रममा विद्यार्थीहरुलाई स्वच्छ पानी पिउन सहज भन्ने उद्देश्यले एक थान वाटर प्युरिफायर  बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले क्याम्पसका अध्यक्ष विष्णुप्रसाद सापकोटा र क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईलाई हस्तान्तरण गरेका हुन्। 

सुख्खड क्षेत्रमा शुद्घ पिउने पानीको अभाब रहेको र यस सामाजिक कार्यले त्यहाँका विद्यार्र्थीहरुलाई विद्यालयमा शुद्ध पिउने पानी पिउन र स्वस्थ रुपमा पठनपाठन गर्न मदत पुर्याउने सापकोटाले बताए। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगाएतका क्षेत्रमा सहयोग गर्दै आएको छ।  

प्रकाशित: May 19, 2023| 19:10 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्