सोमबार, असार २९, २०८३

पुँजी बजारमा संरचनात्मक सुधार गरिने

राष्ट्रपति पौडेलले संसद्का दुवै सदनमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुँजी बजारको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्।
 |  शुक्रबार, जेठ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ५, २०८०

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा पुँजी बजारको विकासलाई प्राथमिकतामा राखिने बताएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुँजी बजारको विकासलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिएका हुन्।

यसका लागि संरचनागत सुधार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। पुँजी बजारमा गैरआवासीय नेपालीको लगानीलाई खुला गर्ने, वैदेशिक रोजगारीमा गएकालाई वैदेशिक ऋणपत्र खुला गरिने योजना सरकारले अगाडि सारेको छ।

प्रकाशित: May 19, 2023| 16:50 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्