सोमबार, असार २९, २०८३

कर्णाली प्रदेशसभाले बोलायो बजेट अधिवेशन

बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको कार्यालयलाई बैठक बोलाउन पत्र काटेको हो।
 |  शुक्रबार, जेठ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ५, २०८०

काठमाडौं– कर्णाली प्रदेश सरकारले प्रदेशसभाको बजेट अर्थात् बर्खे अधिवेशन बोलाएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको कार्यालयलाई बैठक बोलाउन पत्र काटेको हो।

प्रदेश सरकारको मागबमोजिम प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम १० जेठ बुधबार दिउँसो ३ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका छन्।

अधिवेशनलाई बजेट अधिवेशनका रूपमा लिने गरिएको छ। अधिवेशनले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेट पारित गर्नेछ।

प्रकाशित: May 19, 2023| 13:39 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्