शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनसेलमा ग्राहकले नै आवश्यकताअनुसार बन्डल प्याक बनाउने सुविधा

एनसेलमा ग्राहकले नै आवश्यकताअनुसार बन्डल प्याक बनाउने सुविधा

 |  शुक्रबार, जेठ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ५, २०८०

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई उनीहरूकै आवश्यकताअनुसार सेवाको प्लान आफैँ बनाई अझै सुलभदरमा सेवाहरू प्रयोग गर्न सक्ने योजना ल्याएको छ।

National life

कम्पनीले ‘एनसेल माई प्लान’अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकताअनुसार आफ्नो प्लान अर्थात् बन्डल प्याक आफैँ बनाएर सेवा लिन सक्ने सुविधा ल्याएको हो। 

ग्राहक आफैँले आफ्नो प्याक बनाउने सक्ने योजना नेपालमै पहिलो भएको कम्पनीको दाबी छ। इन्टरप्राइज ग्राहकका लागि लक्षित एनसेल फर बिजनेस सेवाअन्तर्गतको यो प्लान ग्राहकले एनसेल एपबाट बनाउन सक्ने जनाइएको छ। माई प्लानमा माई प्लान ५०० र माई प्लान फ्लेक्सी गरी दुईवटा विकल्प रहेको कम्पनीले जनाएको छ। 

कपोर्रेट तथा पोस्टपेड ग्राहकले यस प्लानलाई ३० दिनको समयचक्रमा सुचारु गर्न सक्ने र माई प्लान ५०० को करसहित पाँच सय रुपैयाँ पर्ने जनाइएको छ। यसमा ग्राहकले पाँच सय रुपैयाँबराबरको अन नेट, अफ नेट भ्वाइस, एसएमएस सेवा र डेटा भोलुमको बन्डल प्याक आफैँ बनाउन सक्ने जनाइएको छ। त्यस्तै, फ्लेक्सी प्लानअन्तर्गत ग्राहकले पाँच सय रुपैयाँभन्दा बढी मूल्यको अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा सेवाको भोलुम निर्धारण गरी ३० दिनका लागि आफ्नो प्लान बनाउन सक्ने कम्पनीले जनाएको छ। 

यसका साथै प्लानमा पाइने सेवाबाहेक, माई प्लान लिने ग्राहकले २५ सय मिनेट अन नेट टक टाइम र एक हजार अन नेट एसएमएस सेवा निःशुल्क पाउने उल्लेख छ। यसरी प्राप्त हुने अन नेट भ्वाइस र एसएमएस सेवा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिने जनाइएको छ।

माई प्लान फ्लेक्सीमा ग्राहकले जति धेरै सेवाको भोलुम राखी प्याकमा बनाउँछन्, त्यसैअनुरूप प्लानको मूल्य तय हुने जनाइएको छ। माई फ्लेक्सी प्लानमा ग्राहकले अधिकतम दुई सय जिबी डेटा, २५ सय मिनेट अन नेट, अफ टक टाइम र २५ सय एसएमएसको बन्डल प्याक बनाउन सक्ने जनाइएको छ।

प्रकाशित: May 19, 2023| 12:17 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्