बुधबार, भदौ ३, २०८३

धनगढीमा २६ वर्षीया डाक्टर प्रशन्ना मृत फेला

 |  शुक्रबार, जेठ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ५, २०८०

धनगढीमा एक डाक्टर मृत फेला परेकी छन्। धनगढी उपमहानगरपालिका-५ हसनपुर निवासी २६ वर्षीय डाक्टर प्रशन्ना शाह मृत फेला परेकी हुन्। 

उनी आफ्नै घरमा मृत भेटिएकी प्रहरीले जनाएको छ। शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा परेको हो। मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्।

प्रकाशित: May 19, 2023| 10:13 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्