शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एफएनसीसीआई सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा वेगानी

एफएनसीसीआई सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा वेगानी

 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघको सूचना तथा सञ्चार प्रविधि विकास समितिमा शक्तिकुमार वेगानी चयन भएका छन्। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान बमोजिम वेगानीलाई उक्त समितिको सभापतिमा चयन गरेका हुन्। 

National life

यो क्षेत्रका जानकार उनी मुलुकको प्रतिष्ठित व्यापारिक घराना भित्र पर्दछन्। २ पटक महासंघको कार्यकारिणी सदस्यमा निर्वार्चित उनी श्री गणपति ज्वलेर्सका अध्यक्ष र वेगानी ग्रुपका प्रबन्ध निर्देशक रहेका छन्। उनी हाल एक दर्जन भन्दा बढी व्यावसायमा संम्लग्न रहेका छन्। 

‘मेरो कार्यकालमा सूचना तथा संचार प्रविधिको उच्चतम प्रयोगमा ल्याइनेछ,’ उनले भने, ‘यसको अधिकतम विकासलाई लागि मेरो समितिले अहम भूमिका खेल्नेछ।’  यसअघि महासंघको बैंक फाइनान्स तथा इन्सुरेन्स समितिको उपाध्यक्ष भई उनले सफल कार्यकाल पूरा गरिसकेका छन्। 

मनोनयनको प्रमाणपत्र बितरण गर्दै महासंघका अध्यक्ष ढकालले अहिलेको अवस्थामा सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा वेगानीको चयनसँगै सूचना प्रविधि क्षेत्रको अधिकतम प्रयोग सहित महासंघको छवि र प्रतिष्ठालाई अझ बढी सशक्त्त रुपमा अघि बढाउन सहयोग पुग्ने बताए

प्रकाशित: May 17, 2023| 18:28 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्