बुधबार, भदौ १८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ह्वावे क्लाउडले ल्यायो साझेदारका लागि नयाँ फ्रेमवर्क

ह्वावे क्लाउडले ल्यायो साझेदारका लागि नयाँ फ्रेमवर्क

 |  बुधबार, जेठ ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

vianetvianet

काठमाडौं- विश्वको अग्रणी प्रविधि कम्पनी ह्वावेले आफ्ना साझेदारहरूका लागि नयाँ फ्रेमवर्क सार्वजनिक गरेको छ। उपत्यकामा एक कार्यक्रमको आयोजना गरी ह्वावेले २०२३ का लागि नयाँ क्लाउड पार्टनर  प्याकेज सार्वजनिक गरेको हो।

Kumaribank

कम्पनीका अनुसार गो क्लाउड र ग्रो क्लाउड  फ्रेमवर्कले पुनर्विक्रेता, वितरक, सेवा प्रदायक र हार्डवेयर साझेदारहरूलाई प्रोत्साहन र लगानीका अवसरहरूको दायरा फराकिलो पारेको छ। 
ह्वावेको ग्रो क्लाउड योजनामा स्टयानडर्ड, एडभान्स्ड, प्रिमियम र स्ट्र्याटेजिक गरी चारवटा प्याकेज छन्। प्रत्येक प्याकेजमा विभिन्न इन्सेनटिभहरू जस्तै त्रैमासिक र वार्षिक वृद्धि लाभहरू र  ह्वावेको एडभान्स्ड क्लाउड सर्भिसको बिक्रीमा विशेष लाभको योजना लएको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार नयाँ  प्याकेजले मार्केटिङ डेभलपमेन्ट फन्ड, ह्वावे क्लाउड प्रयोग गरेबापत नगद कुपन र साझेदारका कर्मचारीहरूलाई बिक्री विस्तार गर्नका लागि प्रोत्साहन कार्यक्रमसहित पाँच थप फाइदा पुग्नेछ। कार्यक्रमको मुख्य फाइदाहरूमध्ये एक क्षमता विकास र प्रमाणीकरण हो, जसले साझेदारहरूलाई  ह्वावेद्वारा उपलब्ध गराइएका निःशुल्क प्राविधिक कोर्सहरू  र प्रमाणपत्रहरूमार्फत आफ्नो सिप र विशेषज्ञता विकास गर्ने अवसर दिन्छ।

कम्पनीका अनुसार ह्वावेकोको गो क्लाउड सर्भिस नयाँ प्याकेजको अर्को महत्वपूर्ण पक्ष हो। यस  प्याकेजले क्लाउड रिसेल, कन्सल्टिङ, क्लाउड माइग्रेसन र कार्यान्वयन, एप्लिकेसन रिआर्किटेक्टर क्लाउड नेटिभ डेभलपमेन्ट र व्यवस्थापनजस्ता सेवाहरूमार्फत व्यावसायिक क्लाउड सेवाहरू  निर्माण गर्न सेवा साझेदारहरूलाई सहयोग गर्दछ।

यी कार्यक्रमहरूको प्रमुख उद्देश्य साझेदारहरूको व्यावसायिक क्षमताहरूको पहिचान र  विकास गर्ने,  ह्वावेको क्लाउडमा आधारित प्रयोगहरूको  विकास गर्ने, सफ्टवेयर समाधानहरूलाई सुदृढीकरण गर्ने र  ह्वावे क्लाउडसँग संयुक्त मार्केटिङ सञ्चालन गर्नु रहेको कम्पनीले बताएको छ।

Metro Mart

उक्त कार्यक्रममा नेपालका ह्वावे क्लाउड पार्टनरहरू प्रिक्सा टेक्नोलोजी, जेनेस सोलुसन्स, क्लाउड वर्ल्ड सोलुसन्स, टेलिनेट र एडेक्सको सहभागिता थियो। 

प्रकाशित: May 17, 2023| 17:51 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्