सोमबार, असार २९, २०८३

तीन दिनपछि सेयर बजारमा उत्साह

 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

काठमाडौं- बुधबार सेयर बजार परिसूचक (नेप्से) २३.३९ अंकले बढेको छ। यसअघि तीन कारोबार दिन स्थिरजस्तै रहेको बजारमा आज दोहोरो अंकको वृद्धि देखिएको हो।

आज १८७ कम्पनीको सेयर मूल्य बढेको छ। २५ कम्पनीको मूल्य घट्दा ७ कम्पनीको मूल्य स्थिर रह्यो। आज २५ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८५ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

आत्मनिर्भर लघुवित्त, इस्टर्न हाइड्रोपावर लिमिटेड र ग्रिनलाइफ हाइड्रोपावरको मूल्य १० प्रतिशतले उकालो लागेको छ। कारोबार रकम हिसाबले बुधबार शिवम् सिमेन्ट पहिलो नम्बरमा रह्यो। बुधबार शिवम् सिमेन्टको ५ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेपाल टेलिकम, एनआईसी एशिया, नागरिक लगानी कोष र माइखोला हाइड्रोपावर पनि सर्वाधिक रकमको कारोबार हुनेको सूचीमा छन्। बुधबार माइखोलला हाइड्रोपावरका लगानीकर्ताले सार्वधिक गुमाएका छन्। यसको मूल्य ८ प्रतिशतले घट्यो।
 

प्रकाशित: May 17, 2023| 15:24 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्