शनिबार, जेठ २, २०८३

सिद्धार्थ बैंकलाई आईएफसीको सवा सात अर्ब ऋण

 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

काठमाडौं- सिद्धार्थ बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) बाट ५ करोड ५० लाख डलर (करिब सवा सात अर्ब) बराबरको ऋण सुविधा प्राप्त गरेको छ।

National life

विश्व बैंक समूह अन्तर्गतको आईएफसीले नेपालका लघु, साना तथा मझौला उद्यमीहरूको व्यवसायमा र जलवायु वित्त पोषणमा लगानी गर्ने गरी सिद्धार्थ बैंकसँग सम्झौता गरेको हो। यसअघि कुनै पनि नेपाली बैंकलाई यति धेरै ऋण रकम दिइएको थिइन। 

बैंकले यो रकम  स्वच्छ ऊर्जा परियोजना, विद्युतीय सवारी साधन, जलवायु मैत्रीपूर्ण कृषि जस्ता परियोजनामा लगानी गर्ने जनाएको छ। डिजिटल फर्स्ट अभ्यास अपनाउँदै सिद्धार्थ बैंकले दिगो विकासलाई प्राथमिकतामा राखेर आफ्नो व्यापार रणनीति बनाउँदै आएको छ ।

वातावरणमैत्री, समाज केन्द्रित तथा सुशासनका पक्षहरूलाई ध्यानमा राखी आउने पुस्ताका लागि दिगो प्रभाव सिर्जना गर्न प्रतिबद्ध रहेको बैंकले जनाएको छ। बैंक आईएफसीको १० औं ग्लोबल ट्रेड अवार्डमा वेस्ट अपरेशन बैंक इन साउथ एसिया २०२१ बाट सम्मानित समेत भएको थियो।

२ खर्ब ७३ अर्ब ८३ करोड रुपैयाँको सम्पत्ति रहेको बैंकसँग २ खर्ब १६ अर्ब ९६ करोड रुपैयाँ निक्षेप र १ खर्ब ८९ अर्ब ५४ करोड रुपैयाँ कर्जा पुँजी रहेको छ। बैंकको १९५ शाखा, २२३ एटीएम र १७४४ पीओएस रहेका छन्।

प्रकाशित: May 17, 2023| 14:52 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्