शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • डिजेलको मूल्य लिटरमा १० रुपैयाँ घट्यो, पेट्रोलको यथावत्

डिजेलको मूल्य लिटरमा १० रुपैयाँ घट्यो, पेट्रोलको यथावत्

 |  मंगलबार, जेठ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

काठमाडौं- नेपाल आयल निगमले डिजेल र मटीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ। पेट्रोलको मूल्य भने यथावत् राखिएको छ। 

National life

भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको हो।

आईओसीले पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा घटाएर पठाएको थियो। तर, भारत र नेपालबीचको मूल्यान्तरलाई कारण देखाउँदै निगम सञ्चालक समितिले पेट्रोलको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। 

नयाँ खुद्रा बिक्री मूल्य मंगलबार राति १२ बजेदेखि लागु हुनेछ। डिजेलको मूल्य घटेपछि खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्नेछ। मटीतेल पनि १ सय ५५ रुपैयाँ पर्नेछ। पेट्रोलको मूल्य यथावत् राख्दा प्रतिलिटर १७५ रुपैयाँ नै पर्ने भएको छ।

प्रकाशित: May 16, 2023| 20:16 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्