सोमबार, भदौ २३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • रेमिट्यान्सलाई डिजिटाइजेसनतर्फ लैजाँदै इसेवा मनि ट्रान्सफर

रेमिट्यान्सलाई डिजिटाइजेसनतर्फ लैजाँदै इसेवा मनि ट्रान्सफर

 |  मंगलबार, जेठ २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

vianetvianet

काठमाडौं- तीन वर्ष अघिदेखि एफवान सफ्ट ग्रुप अन्तर्गत कार्य संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले तीन वर्ष पूरा गरेको छ। यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ३० वटा भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको छ।  

Kumaribank

कार्य संचालनमा आएसंगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै “मेरो पहिलो रोजाइ” नारा बोकेर अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भित्राउँदै आएको छ। त्यस्तै, इसेवा मनी ट्रान्सफर मार्फत ६१ लाख भन्दा बढी प्रयोगकर्ताको सञ्जाल इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउन पाएका छन्। 

तेस्रो वार्षिकोत्सवको अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत–अजेस कोइरालाले भने“ कार्य संचालनको ३ वर्षमै इसेवा मनी ट्रान्सफरले छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुशी र उत्साहित छौँ। हाम्रो यस सफलताको श्रेय, म सम्पूर्ण साझेदार, नियामक निकाय, कर्मचारी, एजेन्ट, ग्राहक लगायत सम्पूर्ण शुभचिन्तकहरुलाई दिन चाहन्छु।’

डिजिटल माध्यमलाई प्रोत्साहन गर्दै ’मेरो डिजिटल देश’ अभियान सुरु गरेकोसमेत उनले बताए। ‘जस अन्तर्गत ६ जना भाग्यशाली विजेताहरुलाई हामीले घरमै गएर उपहार हस्तान्तरण गर्यौँ साथै एक जना भाग्यशाली विजेताले काठमाडौँमा नयाँ घर जित्नेछन्।

प्रकाशित: May 16, 2023| 18:43 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्