शनिबार, जेठ २, २०८३

कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर

 |  मंगलबार, जेठ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

काठमाडौं- कनेक्ट आईपीएसले ‘रिफर अ फ्रेन्ड’ अफर सार्वजनिक गरेको छ। यस अफरमा प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आईपीएसमा रजिष्टर हुन रिफर गरेमा रिफर गर्नेले आफ्नो बैंक खतामा र पाउनेले मोबाइल टप–अप अन्तर्गत २५/२५ रुपैयाँ पाउने छन्।

National life

अफरको फाइदा लिन रिफररले रिफरल कोड उपलब्ध गराउनु पर्नेहुन्छ। यो अफर जेठ १ गतेदेखि असार ३१ गतेसम्म लागु हुनेछ।

रिफरीले भने कनेक्ट आईपीएसमा नयाँ यूजर रजिष्टर गर्दा उक्त रिफरल कोड दाखिला गरी एक पटक आफ्नो मोबाइल नम्बर र इमेल आईडी भेरीफाई गरे पश्चात रिफररले आफ्नो बैंक खतामा र रिफरीले मोबाइल टप–अपमा २५/२५ रूपैयाँ प्राप्त गर्नेछन्।

बैंकका ग्राहकहरुका लागि एउटै प्लेटफर्ममार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्न सकिने कनेक्ट आईपीएसले जनाएको छ।

कनेक्ट आईपीएसको वेबमार्फत प्रति कारोबार २० लाख रूपैयाँसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख रुपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ।

यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, नेपाल पे क्यूआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिने कनेक्ट आईपीएसले जनाएको छ।
 

प्रकाशित: May 16, 2023| 18:43 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्