सोमबार, असार २९, २०८३

कुचैनीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

 |  मंगलबार, जेठ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

काठमाडौं- सनराइज बैंक लिमिटेडले कैलाली जिल्लाको गौरीगंगा न.पा.३, कुचैनी कैलालीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा सङ्ख्या १०३ पुगेको छ। 
बैंकले गौरीगंगा न.पा.– ३, कुचैनी कैलालीमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रूपमा गणेश प्रसाद पौडेललाई नियुक्त गरेको छ।  

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ। यस सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण जस्ता सेवाहरू लिन सकिने जनाएको छ। 
 

प्रकाशित: May 16, 2023| 18:42 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्