शनिबार, जेठ २, २०८३

स्मार्टवाच ‘अल्टिमा वाच म्याजिक’ सार्वजनिक

 |  मंगलबार, जेठ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

काठमाडौं- अल्टिमा लाइफस्टाइलले ‘अल्टिमा वाच म्याजिक’ बजारमा सार्वजनिक गरेको छ। अल्टिमा लाइफस्टाइल एक किफायती र सस्तो मूल्यमा प्रभावशाली ध्वनी र उत्कृष्ट प्रदर्शन दिने उत्पादनहरुको लागि संगीत उत्साही र व्यायाम उत्साही माझ परिचित रहेको छ।

National life

यो स्मार्ट वाचमा आकर्षक मूल्य र उत्कृस्ट विशेषताहरुको उत्तम संयोजन रहेको छ।  जसका कारण टेक–प्रेमी व्यक्तिहरूको लागि यो आवश्यक छनोट हुने कम्पनीको विश्वास छ। अल्टिमा वाच ३५९९ रुपैयाँमा उपलब्ध रहेको जानकारी गराइएको छ। 

अल्टिमा वाच म्याजिकमा १.८३ इन्चीको समेट्रिकल र स्मूथ अल्ट्राभ्यू डिस्प्ले रहेको छ। यसैगरी यसमा ११० भन्दा बढी स्पोर्ट्स मोडहरू, अटो स्लीप, र बल्ड अक्सिजन ट्र्याकिंग प्रविधि पनि रहेको छ। 

अल्टिमा वाच म्याजिक आधिकारिक रूपमा जेठ ४ देखि बजारमा उपलब्ध हुने जनाइएको छ। वाच म्याजिकको पहिले नै बजार मूल्य रु. ३,५९९ तय भएपनि दराजका पहिलो १०० ग्राहकहरू र हुकुटका पहिलो ५० ग्राहकहरूका लागि विशेष परिचयात्मक मूल्य रु. २,९९९ निर्धारण गरिएको छ। 

अल्टिमा लाइफस्टाइल नेपालको सबैभन्दा छिटो अघि बढिरहेको वेरेवल एसीसोरीज (पहिरन योग्य) ब्रान्ड हो।
 

प्रकाशित: May 16, 2023| 18:39 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्