शनिबार, जेठ २, २०८३

बालबलिकाको व्यवसायमा हिमालय एअरलाइन्सको सहयोग

 |  मंगलबार, जेठ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

काठमाडौं– हिमालय एअरलाइन्सले नेपालका बाल–बालिकाहरुको सुरुवाती व्यवसायमा सहयोग गरेको छ। हिमालय एअरलाइन्सले प्रयास स्टेप टुर्वाडस एजुकेसन मार्फत सातौं वर्षसम्म पनि सहयोग जारी राखेको छ।

National life

एअरलाइन्सले बिहीबार नेपालमा आयोजित कार्यक्रममा यसवर्ष शैक्षिक सत्रका लागि बाल–बालिकाहरूलाई विभिन्न ग्रेडका नोटबुक, रजिष्टर र शैक्षिक पाठ्यक्रम पुस्तकहरू जस्ता शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको हो।

उक्त एअरलाइन्सले स्वावलम्बनको बाटो पछ्याउने बालबालिकाको प्रबल इच्छाको प्रशंसा गर्दै, यस वर्ष एअरलाइन्सले खाना पकाउने र उद्यमशीलताको सीपलाई सुधार गर्न रेस्टुरेन्टको सुरुवाती पहल – ‘लभ एपेटाइट’ को लागि विशेष ज्ञान आदानप्रदान सत्र आयोजना गरेको थियो।

एअरलाइन्सले आयोजना गरेको संक्षिप्त सत्रमा नेपाल एकेडेमी अफ ट्राभल एण्ड होटल म्यानेजमेन्टका प्रशिक्षक आकाश लामाले स्वैच्छिक रूपमा बालबालिका र लभ एपेटाइटका टोलीलाई भान्साको सुरक्षा, सरसफाइ, मेनु योजना (लागत, मूल्य निर्धारण रणनीति) मा केन्द्रित भई मार्गदर्शन गरे।

खाना तथा भान्साको शिष्टाचार, पाक विधिको साझेदारी आदि विषयमा उनले प्रशिक्षण दिए। एअरलाइन्सले ब्रान्ड टोलीले प्रचार प्रसारको दृष्टिकोणबाट विभिन्न मार्केटिङ र ब्रान्डिङ प्रविधिहरूमा पनि प्रकाश पारेको थियो र उनीहरूलाई विशेष रूपमा डिजाइन गरिएको मेनु प्रदान गर्यो, जसले स्टार्ट–अपलाई अझ प्रभावकारी रूपमा बढ्न मद्दत गर्नेछ।
 

प्रकाशित: May 16, 2023| 17:16 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्