सोमबार, असार २९, २०८३

भारतबाट घटेर आयो पेट्रोलियम मूल्य 

आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा ९ र डिजेलमा ८ रुपैयाँ प्रतिलिटर घटेर आएको हो।
 |  मंगलबार, जेठ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

काठमाडौं–नेपाल आयल निगमले भारतबाट पेट्रोलियम मूल्य घटेर आएको जनाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा ९ र डिजेलमा ८ रुपैयाँ प्रतिलिटर घटेर आएको हो।

भारतबाट मूल्य घटेर आए पनि निगमले समायोजन गर्ने निर्णय हालसम्म गरिनसकेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए।

आईओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची १/१ महिनामा पठाउने गरेको छ। हाल निगमले डिजेल डिजेल प्रतिलिटर १६५ र पेट्रोल १७५ रुपैयाँमा बिक्री गर्दे आएको छ।

प्रकाशित: May 16, 2023| 15:24 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्