मंगलबार, भदौ २४, २०८२

बाँकेमा आठ सहकारीबीच एकीकरण

बाँकेमा साना किसान कृषि सहकारी संस्थाको अगुवाइमा आठ सहकारी अष्टम साना किसान कृषि सहकारीमा एकीकरण भएका हुन्।
 |  मंगलबार, जेठ २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

vianetvianet

नेपालगञ्ज– बाँकेका आठ सहकारी एकीकरण भएका छन्। कोरानापछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारी सञ्चालन हुन नसक्दा साना किसान कृषि सहकारी संस्थाको अगुवाइमा आठ सहकारी अष्टम साना किसान कृषि सहकारीमा एकीकरण भएका हुन्। 

Kumaribank

एकीकरण हुनेमा महादेवपुरी राप्ती सोनारी–८ स्थित साना किसान कृषि सहकारी संस्था, बैजनाथ–६ स्थित लगनशील साना किसान कृषि सहकारी संस्था, बैजनाथ–८ स्थित महिला साना किसान कृषि सहकारी संस्था, राप्ती सोनारी–४ स्थित सूर्यलक्ष्मी साना किसान कृषि सहकारी संस्था रहेका छन्।

यस्तै, राप्ती सोनारी–५ स्थित सौगात साना किसान कृषि सहकारी संस्था, खजुरा–२ स्थित नवज्योति साना किसान कृषि सहकारी संस्था, खजुरा–८ स्थित हातेमालो साना किसान कृषि सहकारी संस्था र जानकी–६ स्थित आपसी मेलमिलाप साना किसान कृषि सहकारी संस्था एकीकृत भएका छन्। 

कार्यक्रममा लुम्बिनी प्रदेशका सभासद् दुर्गा चौधरीले नामका लागि मात्र किसान बनेर  खेत बाँझो राखेका कारण राज्यले किसानका लागि सहयोग गर्न नसकेको बताए। किसान हुँ भन्ने तर आफ्ना लागि  खानेतेलसम्म किन्ने परिपाटीले कृषि र सहकारीमा लगानी बढ्न नसकेको उनले उल्लेख गरे।

प्रकाशित: May 16, 2023| 13:55 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्