काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवाप्रदायकले आफूखुसी शुल्क बढाएको देखिएकाले तोकिएभन्दा बढी शुल्क लिए कारबाही गरिने चेतावनी दिएको छ।
केही सेवाप्रदायकले प्राधिकरणकै निर्देशमा महशुल बढाएको बताए पनि हालसम्म शुल्क वृद्धिबारे कुनै निर्णय नभएको उसले स्पष्ट पारेको छ।
दूरसञ्चार ऐनअनुसार प्राधिकरणबाट स्वीकृतिको सूचना प्रकाशित भएपछि मात्रै इन्टरनेट सेवाप्रदायकले महसुल बढाउन पाउने प्रावधान छ। हालै कुनै पनि सेवाप्रदायकलाई महसुल बढाउने अनुमति नदिइएको प्राधिकरणले बताएको छ।