शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इन्टरनेट सेवाप्रदायकलाई आफूखुसी शुल्क नबढाउन निर्देशन

इन्टरनेट सेवाप्रदायकलाई आफूखुसी शुल्क नबढाउन निर्देशन

हालै कुनै पनि सेवाप्रदायकलाई महसुल बढाउन अनुमति नदिइएको प्राधिकरणको प्रस्टोक्ति।
 |  मंगलबार, जेठ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

National life

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवाप्रदायकले आफूखुसी शुल्क बढाएको देखिएकाले तोकिएभन्दा बढी शुल्क लिए कारबाही गरिने चेतावनी दिएको छ।

केही सेवाप्रदायकले प्राधिकरणकै निर्देशमा महशुल बढाएको बताए पनि हालसम्म शुल्क वृद्धिबारे कुनै निर्णय नभएको उसले स्पष्ट पारेको छ।

दूरसञ्चार ऐनअनुसार प्राधिकरणबाट स्वीकृतिको सूचना प्रकाशित भएपछि मात्रै इन्टरनेट सेवाप्रदायकले महसुल बढाउन पाउने प्रावधान छ। हालै कुनै पनि सेवाप्रदायकलाई महसुल बढाउने अनुमति नदिइएको प्राधिकरणले बताएको छ।

प्रकाशित: May 16, 2023| 11:07 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्