शनिबार, जेठ २, २०८३

लुम्बिनीको नयाँ बजेटमा २० प्रतिशत कटौती हुने

गत वर्ष ४२ अर्ब ६३ करोड ५७ लाख बजेट ल्याएको लुम्बिनी प्रदेशले आगामी वर्षका लागि ३४ अर्ब १० करोड हाराहारी बजेट ल्याउने भएको हो।
 |  मंगलबार, जेठ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

दाङ– लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ।

National life

आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी छलफल अगाडि बढाइएको हो।

उनले भने, ‘राजस्व परामर्श समितिले प्रतिवेदन तयारीको काम अन्तिम चरणमा पु¥याएको छ।  स्रोत अनुगमन समितिको बैठक बसेर गत वर्षको बजेटको ८० प्रतिशत मात्रै बजेट ल्याउने गरी मन्त्रालयलाई मार्गदर्शन गरिएको छ।’ 

अहिले प्रि–बजेटमा छलफल चलिरहेको भन्दै बजेट सीमा निर्धारण अन्तिम चरणमा पुगेको प्रदेश योजना आयोगका प्रमुख प्रशासकीय अधिकृत पोषणराज भण्डारीले बताए। ‘अहिले प्रि–बजेट छलफल चलिरहेको छ। बजेटको सीमा निर्धारणको अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘बजेटका मार्गनिर्देशन वितरण भएको छ।’ 

गत वर्ष ४२ अर्ब ६३ करोड ५७ लाख बजेट आएको थियो। तर यस वर्ष सोही बजेटको २० प्रतिशत कटौती गर्ने गरी प्रि–बजेटमा छलफल भइरहेको उनको भनाइ छ। विगतको बजेटमा २० प्रतिशत कटौती भए ३४ अर्ब १० करोड हाराहारी बजेट आउनेछ।

यस वर्ष नयाँ योजना थप्नेभन्दा पनि विगतका ठूला योजनालाई पूरा गर्नेतर्फ बजेट केन्द्रित हुने उनले बताए। विगतका जस्ता साना योजना कटौती हुनेछन्। समृद्धि, रोजगारी र गरिबी निवारण नै मुख्यमन्त्रीको प्राथमिकता रहेकाले यसकै सेरोफेरोमा बजेट आउने सम्भावना रहेको उनले जानकारी दिए।

तर त्यो कुरा नीति तथा कार्यक्रमपछि मात्रै थाहा हुने उनको भनाइ छ। राष्ट्रिय लक्ष्य पनि आर्थिक समृद्धि र रोजगारी नै भएकाले यसतर्फ बढी केन्द्रित हुन सक्ने उनले बताए।

प्रकाशित: May 16, 2023| 10:50 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्