शनिबार, जेठ २, २०८३

पेट्रोल चोरीमा संलग्न ट्यांकर चालकलाई कारबाही

निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको ट्यांकरले आईओसीबाट ३ हजार लिटर बढी ल्याएको पाइएपछि ट्यांकर चालक र सहचालकलाई पेट्रोलियम ढुवानीमा लगाइयो बन्देज।
 |  सोमबार, जेठ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०

काठमाडौं– नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्यांकर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ। 

National life

निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको ट्यांकरले इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट तोकिएको परिमाणभन्दा बढी पेट्रोल ल्याएको पाइएपछि निगमले ट्यांकर चालक र सहचालकलाई पेट्रोलियम ढुवानीमा बन्देज लगाएको हो। 

रुपन्देहीस्थित श्री एक्सप्रेस परिवहन सेवा प्रालिले सञ्चालनमा ल्याएको उक्त ट्यांकरलाई तीन महिनाका लागि निलम्बन गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए। निगमले पेट्रोलियम चोरी पैठारीमा संलग्न ट्यांकरको ढुवानी भाडा रोक्का राख्ने र २० हजार लिटर पेट्रोलको रकम असुल्ने निर्णयसमेत गरेको छ। 

लु२ख ४८३९ नम्बरको सो ट्यांकरले निगमसँग सम्झौता गरी बेतलापुर–भैरहवा रुटमा पेट्रोल ढुवानी गर्ने गरेको थियो। आईओसीबाट पेट्रोल ल्याउने क्रममा भैरहवा भन्सार कार्यालयमा जाँच गर्दा त्यहााँट जारी भएको खरिद बिलमा उल्लिखित परिमाणभन्दा ३ हजार लिटर बढी पेट्रोल ढुवानी गरेको पाइएको थियो। 

तोकिएभन्दा बढी पेट्रोल ढुवानी गरेको भेटिएसँगै उक्त ट्यांकरलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई पेट्रोल चोरीपैठारी कसुरमा कारबाही अगाडि बढाएको छ। नेपालमा भन्दा भारतमा पेट्रोलको मूल्य सस्तो भएकाले सो ट्यांकरले चोरीपैठारी गरेको हुन सक्ने निगमको अनुमान छ।

प्रकाशित: May 15, 2023| 12:34 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्