मंगलबार, भदौ २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • विदेशी लगानी प्रतिबद्धतामा ठूलो खाडलः चैतमा साढे ७ अर्ब, वैशाखमा साढे १ अर्बमात्रै

विदेशी लगानी प्रतिबद्धतामा ठूलो खाडलः चैतमा साढे ७ अर्ब, वैशाखमा साढे १ अर्बमात्रै

सरकारले वैदेशिक लगानीको सीमा घटाएसँगै विदेशी लगानी बढ्ने अनुमान गरिए पनि त्यसअनुसार प्रतिबद्धता आउन नसकेको विभागको बुझाइ छ।
 |  सोमबार, जेठ १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०

vianetvianet

काठमाडौं– चालू आर्थिक वर्षको वैशाखमा विदेशी लगानी प्रतिबद्धतामा चैतभन्दा तीन तिहाइले कमी आएको देखिएको छ।

Kumaribank

वैशाखमा २८ वटा परियोजनामार्फत १ अर्ब ६४ करोड ८३ लाख २० हजारको विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले विवरण सार्वजनिक गरेको हो। 

चैतमा ३३ वटा परियोजनामार्फत ७  अर्ब ५५ करोड १८ लाख वैदेशिक लगानी प्रतिबद्धता आएको हो। अन्य महिनाको तुलनामा चैतमा सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाएको छ।

स–साना परियोजनामा लगानी आउनु र ठूला उद्योगमा नआउनुले वैशाखमा वैदेशिक लगानी प्रतिबद्धताको आँकडा सन्तोषप्रद नरहेको विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले बताए। 

उनले भने, ‘चैतमा एउटै परियोजनामा ५ अर्ब लगानी प्रतिबद्धता आएकाले लगानी बढेको छ। विश्व अर्थतन्त्रमा देखा परेको आर्थिक संकटका कारण विदेशी लगानी प्रतिबद्धता घटेको हुन सक्छ। भिसामा कडाइ गरिएका कारण पनि लगानी प्रतिबद्धता कम आएको अनुमान छ।’ 

Metro Mart
सरकारले वैदेशिक लगानीको सीमा घटाएसँगै विदेशी लगानी बढ्ने अनुमान गरिए पनि त्यसअनुसार प्रतिबद्धता आउन नसकेको विभागको बुझाइ छ।

सरकारले वैदेशिक लगानीको सीमा घटाएसँगै सानो लगानीका विदेशी परियोजनामार्फत लगानी बढ्ने अनुमान गरिए पनि त्यसअनुसार लगानी आउन नसकेको विभागले बताएको छ।

सरकारले गत मंसिरदेखि विदेशी लगानीको सीमा ५ करोडबाट घटाएर २ करोडमा झारेको थियो। सीमा घटाए पनि कम विदेशी लगानी प्रतिबद्धता आएकोे देखिएको छ।

नेपालमा हालसम्म ४ खर्ब ४९ अर्ब ९६ लाख १३ हजारको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ। तर लगानी प्रतिबद्धता व्यक्त गरिए पनि ३० देखि ३५ प्रतिशत रकम मात्रै भित्रिने गरेको छ।   

वैशाखमा साना उद्योगमा मात्र लगानी प्रतिबद्धता आएको छ। ठूला र मझौला उद्योगमा लगानी प्रतिबद्धता नआएको विभागले जनाएको छ। विभागका अनुसार वैशाखमा सबैभन्दा धेरै  सेवामूलक परियोजनामा १३, पर्यटन उद्योगमा ८, सूचना प्रविधिमा आधारित ३, पूर्वाधारमा २ परियोजनामा लगानी प्रतिबद्धता आएको छ। 

वैशाखमा २८ परियोजनामार्फत १ हजार २७२ जनालाई रोजगारी दिने प्रतिबद्धता गरिएको छ। वैशाखमा १३९ बिजनेस भिसा, ४७ प्रतिनिधि लक्षित गरेर ११५ वटा भिसा सिफारिस गरिएको विभागले बताएको छ। 

विभागका अनुसार चालू आवको साउनमा २ अर्ब ६४ करोड ९ लाख, भदौमा ३ अर्ब ४४ करोड ६५ लाख, असोजमा १ अर्ब ८५ करोड ४७ लाखको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

यस्तै, कात्तिकमा ३ अर्ब ६५ करोड, मंसिरमा ८० करोड ८ लाख, पुसमा ४ अर्ब ८५ करोड २० लाख, माघमा १ अर्ब ३९ करोड र फागुनमा १ अर्ब ९२ करोड २९ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाएको छ।

वैदेशिक लगानी प्रतिबद्धतामा कमी आउनुलाई मुलुकको अर्थतन्त्र सही गतिमा नहिँडेको रुपमा लिनुपर्ने अर्थविद्हरु बताउँछन्।


 

प्रकाशित: May 15, 2023| 11:20 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्