शनिबार, जेठ २, २०८३

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड नाघ्यो

चैत मसान्तसम्म मोबाइल बैंकिङमार्फत २ खर्ब ७ अर्ब ४५ करोड २० लाख बराबरको भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांक। 
 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं– राष्ट्र बैंकले नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४ लाख ३४ हजार ३१ पुगेको विवरण सार्वजनिक गरेको छ। फागुन मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ६५ हजार २६७ थियो।

National life

राष्ट्र बैंकका अनुसार अघिल्लो महिना करिब ५ लाख हाराहारी घटेको मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या पुनः बढेको छ। अघिल्लो फागुनको तुलनामा चैतमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३ लाख ६८ हजार ७६४ ले बढेको हो।

समीक्षा अवधिमा मोबाइल बैंकिङमार्फत कुल २ खर्ब ७ अर्ब ४५ करोड २० लाख बराबरको भुक्तानी भएको छ। अघिल्लो महिना फागुनमा यस्तो ट्रान्जेक्सन १ खर्ब ९१ अर्ब ८२ करोड ४० लाख हाराहारी भएको थियो। 

यस्तै, समीक्षा अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ९८ हजार ८६६ पुगेको छ भने प्रयोगकर्ताबाट चैतमा १३ अर्ब ६७ करोड ९० लाख बराबरको कारोबार भएको छ। अघिल्लो महिना इन्टरनेट बैंकिङमार्फत १३ अर्ब ८६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

समीक्षा अवधिमा डेबिट/क्रेडिट कार्डमार्फत क्रमशः ८६ अर्ब ४५ करोड १० लाख र १५ करोड ८४ लाखको कारोबार भएको छ भने कनेक्ट–आइपीएसमार्फत ३ खर्ब ८० अर्ब ९३ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: May 14, 2023| 12:36 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्