शनिबार, जेठ २, २०८३

एक वर्षमै थपिए सात लाख करदाता

२०७८ चैतदेखि २०७९ चैतसम्मको अवधिमा मात्रै करिब सात लाख करदाता थपिएका हुन्।
 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं– सबैखाले आर्थिक कारोबारका लागि स्थायी लेखा नम्बर (प्यान) र साना व्यवसाय पनि मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनुपर्ने व्यवस्था कार्यान्वयनमा आएपछि करमा दर्ता हुनेको संख्या बढ्न थालेको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ।

National life

मन्त्रालयका अनुसार २०७८ चैतदेखि २०७९ चैतसम्मको अवधिमा मात्रै करिब सात लाख करदाता थपिएका हुन्। २०७८ चैतसम्म ४७ लाख र २०७९ चैतसम्म करिब ५४ लाखले पान लिएको मन्त्रालयले बताएको छ। 

तथ्यांकअनुसार व्यक्ति प्यान नम्बर लिनेको संख्या बढ्दा करमा दर्ता हुनेको संख्यामा उल्लेख्य वृद्धि देखिएको हो। २०७९ चैतसम्म करिब ३५ लाखले व्यक्तिगत प्यान लिएका छन्।

यो संख्या २०७८ चैतसम्म २९ लाख २० हजार थियो। व्यावसायिक प्यान लिनेको संख्या १८ लाख ६० हजार नाघेको छ, जुन २०७८ चैतसम्म १७ लाख ६७ हजार थियो।

करकट्टी गर्ने संस्थाले लिएको प्यान संख्या २५ हजार ४८२ पुगेको छ। हालसम्म मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनेको संख्या ३ लाख ६ हजार रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। २०७८ चैतमा यो संख्या ३ लाख १६ हजार थियो। अन्तःशुल्कमा दर्ता हुनेको संख्या १ लाख १८ हजार ९३० पुगेको मन्त्रालयले जनाएको छ। 

सरकारले आर्थिक वर्ष २०७६/७७ देखि तलबलगायत सम्पूर्ण कारोबारका लागि प्यानमा दर्ता हुनुपर्ने र साना व्यवसाय पनि भ्याटमा दर्ता हुनुपर्ने नियम लागू गरेको थियो।

प्रकाशित: May 14, 2023| 11:12 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्