सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मौद्रिक नीतिको समीक्षा निजी क्षेत्रले अपेक्षा गरेजस्तो छैन: ढकाल

मौद्रिक नीतिको समीक्षा निजी क्षेत्रले अपेक्षा गरेजस्तो छैन: ढकाल

 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले निजी क्षेत्रले अपेक्षा गरेजस्तो अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित इकोनोमिक मिडिया सोसाइटी नेपालको कार्यक्रममा उनले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न मौद्रिक नीतिको समीक्षा पर्याप्त नभएको बताए। उनले चुनौतीपूर्ण अर्थतन्त्रबाट बाहिर निस्कने अवस्था बन्न नसकेको धारणा  राखे।

'राष्ट्र बैंकले बैंकको कर्जामा पुनःतालिकीकरण र पुनः संरचनाको सुविधा दिए पनि पाँच करोडमा मात्रै सीमित भयो। असार मसान्तसम्म बैंकको कर्जामा पाँच करोडसम्मको मात्रै पुनःतालिकीकरण र पुनः संरचनाको सुविधा पर्याप्त हुँदैन,' उनले भने। 

उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा महासंघले दिएका सुझाव सम्बोधन नै भएनन् भन्न नमिल्ने भए पनि कतिपय महत्वपूर्ण कुरा नसमेटिएको गुनासो गरे।

प्रकाशित: May 14, 2023| 10:45 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्