बिहीबार, वैशाख २०, २०८१

मैथिली फिल्मको दिशा बदल्न सक्ला 'ज्याक्सन हल्ट'ले ?

लेखक तथा निर्देशक नितिन चन्द्राद्वारा निर्मित चलचित्र ‘ज्याक्सन हल्ट’ सिरियल किलरको घटनामाथि आधारित छ।
 |  शनिबार, वैशाख ३०, २०८०

विजेता

विजेता

शनिबार, वैशाख ३०, २०८०

काठमाडौं- मैथिली भाषाको पहिलो थ्रिलर चलचित्र ‘ज्याक्सन हल्ट’ रिलिज भएसँगै दर्शकमा उत्साह देखिएको छ। लेखक तथा निर्देशक नितिन चन्द्राद्वारा निर्मित चलचित्र ‘ज्याक्सन हल्ट’ सिरियल किलरको घटनामाथि आधारित छ।

triton college

यसअघि धार्मिक, सांस्कृतिक र नाचगान सहितको सामाजिक घटनाक्रम तथा विद्यापतिजस्ता व्यक्तित्वमाथि बन्ने गरेको मैथिली चलचित्रको घेरालाई ज्याक्सन हल्टले बलिउड र अन्य सिने क्षेत्रमा बन्ने समकालिन चलचित्रहरुको समकक्षमा उभ्याइदिएको छ।

लामो समयको प्रतीक्षापछि बनेको नविन स्वादको मैथिली थ्रिलर चलचित्रले दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ। पृथक विषयवस्तु, मैथिलीमा कुनै गम्भीर सामाजिक मुद्दा भन्दा पनि एउटा मान्यतामाथि थ्रिलर चलचित्र बन्नु यो नै पहिलो हो। यसमा अभिनित कलाकारहरुको अभिनयले समेत यस चलचित्रलाई सफल थ्रिलर बनाएको समीक्षकहरु बताउँछन्।  

ओटीटी प्लेटफर्ममा रिलिज भएको उक्त चलचित्रलाई बेजोड डट इनमा हेर्न सकिन्छ। भारतीय मिथिलामा अधिकांशको यातायातको साधन रहेको रेल र रेल्वे स्टेशनको घटनाक्रममाथि बनेको उक्त चलचित्रले आममानिसको जिज्ञासालाई सम्बोधन गरेको छ।

रेल्वे स्टेशनलाई जनभाषामा हल्ट पनि भन्ने गरिन्छ। भारतमा कतिपय यस्ता हल्टहरुको चर्चा सुन्न सक्न्छि जहाँ अबेर राति पुग्ने यात्री जीवित अथवा सकुशल पर्किंदैनन् अथवा बिहान मृत अवस्थामा फेला परेका हुन्छन्। यिनै मान्यतालाई समेटेर तयार पारिएको हो, ज्याक्सन हल्ट। 

corrent noodles
Metro Mart

चलचित्र समिक्षकहरुले पृथक तरिकाले आएको ज्याक्सन हल्टलाई मैथिली चलचित्रको माइलस्टोनको रुपमा समीक्षा गरेका छन्। चलचित्रकर्मी तथा समीक्षक कृष्लय कृष्णले यस चलचित्रसँगै मैथिली सिने क्षेत्र आफ्नो दशा र दिशा बदल्ने उपक्रमतिर अग्रसर भएको बताए। 

भारतको दरभंगा हवाई अड्डामा नायक ऋषिराज (निश्चल अभिषेक) को आगमनबाट चलचित्र सुरु हुन्छ। गाउँघर, आफन्तलाई भेट्दै नायक अबेर राति ज्याक्सन हल्टको कन्ट्रोल रुमसम्म पुग्छ र यहिँबाट कथानक मूल विषयमा प्रवेश गर्छ। चलचित्रको ८५ प्रतिशत भाग यहि कन्ट्रोल रुमको फ्रेममा खिचिएको हो। मुख्यतः तीन पात्र, स्टेशन मास्टर ठाकुरजी अर्थात रामबहादुर रेणु, नायक ऋषिराज र रेल्वे सहयोगी दुर्गेशको वरिपरि चलचित्र घुम्छ। 

थ्रिलर चलचित्रले दर्शकको मन र मष्तिष्कलाई दुई घण्टासम्म बाँधेर राख्न सफल भएको समीक्षक कृष्ण बताउँछन्। उनले चलचित्र अघि बढ्दै जाँदा अब केही कुन्छ की भन्ने मनस्थितिमा दर्शकलाई पुर्याउने बताए। 

स्टेशन मास्टरको भूमिकामा रहेका कलाकार ठाकुरजीको कुटिल हाँसो र भावभंगिमाले चलचित्रलाई न्याय गरेको छ। नायक ऋषिराजको अनुहारमा आउने भयको छाया र संवाद तथा अभिनयले उनलाई अब्बल कलाकारको रुपमा स्थापित गरेको छ। सहयोगी पात्रका रुपमा रहेका दुर्गेशको संवाद थोरै रहे पनि उनले शारिरीक हाउभाउले घटनाक्रमलाई निरन्तर जोडेका छन्। 

चलचित्रमा मिथिलाको खानपान, विद्यापतिको चर्चा र तपाईंको छोरीलाई मैथिली बोल्न आउँछ? जस्ता प्रश्नको माध्यमबाट निर्देशकले मैथिली संस्कृतिलाई छुने प्रयत्न गरेका छन्, जो प्रशंसनीय छ।  

यसअघि ‘मिथिला मखान’ चलचित्रबाट राष्ट्रिय चलचित्र पुरस्कार हात पारिसकेका निर्देशक चन्द्राले ज्याक्सन हल्ट मार्फत मैथिली सिनेजगतलाई नयाँ उचाई प्रदान गरेको समीक्षक कृष्ण बताउँछन्। 

चलचित्रमा कल्पनाको चलपले कतिबेला व्यवसायिक चलचित्रको छनक दिएको समीक्षकहरु बताउँछन्। तर यति नगर्दा पुरानै पारम्परिक मैथिली चलचित्र बन्नुमा निर्देशक सचेत देखिएका छन्। छायांकन, पार्श्व ध्वनी, गीत–संगीतले मैथिली चलचित्रलाई बलिउडको समकक्षमा उभ्याएको समीक्षक कृष्ण दाबी गर्छन्।  

प्रकाशित: May 13, 2023| 06:15 शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्