सोमबार, असार २९, २०८३

सुन मूल्य प्रतितोला ८०० ले घट्यो 

आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ८०० मा कारोबार भइरहेको छ।
 |  शुक्रबार, वैशाख २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २९, २०८०

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुन प्रतितोलामा ८०० घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघका अनुसार अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८०० ले सस्तिएको हो।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ८०० मा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६०० मा कारोबार भएको थियो। 

यस्तै, आज तेजाबी सुनको मूल्यसमेत प्रतितोलामा ८०० ले सस्तिएर १ लाख १० हजार २५० मा कारोबार भइरहेको छ।

चाँदीको मूल्य एकै दिन तोलामा ५५ रुपैयाँले घटेर १ हजार ३७५ मा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: May 12, 2023| 12:06 शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्