शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वाणिज्य बैंकका सीईओसँग गभर्नर अधिकारीले गरे साढे दुई घन्टा छलफल

वाणिज्य बैंकका सीईओसँग गभर्नर अधिकारीले गरे साढे दुई घन्टा छलफल

राष्ट्र बैंकमा रहेको गुनासो सुनुवाइ इकाइमा नागरिक स्तरबाट आउने गुनासा बढ्दै गएपछि गभर्नर अधिकारी सम्मिलित पदाधिकारीले वाणिज्य बैंकका सीईओ र गुनासो सुन्ने विभागीय प्रमुखसँग करिब साढे २ घन्टा छलफल गरेका हुन्।
 |  शुक्रबार, वैशाख २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २९, २०८०

काठमाडौं– पछिल्लो समय बैंक तथा वित्तीय संस्था नाफामुखी हुँदै गएको र नागरिकलाई सेवा प्रवाहमा ढिलाइ गर्न थालेको गुनासो नियामक निकाय राष्ट्र बैंकसमक्ष पुगेको छ।

National life

राष्ट्र बैंकमा रहेको गुनासो सुनुवाइ इकाइमा नागरिक स्तरबाट आउने गुनासा बढ्दै गएपछि गभर्नर महाप्रसाद अधिकारी सम्मिलित राष्ट्र बैंक पदाधिकारीले वाणिज्य बैंकका सीईओ र गुनासो सुन्ने विभागीय प्रमुखसँग बिहीबार करिब साढे २ घन्टा छलफल गरेका हुन्।

वाणिज्य बैंकका सीईओसँगको छलफलमा गभर्नर अधिकारी, डेपुटी गभर्नरद्वय, नियमन र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकसहित चार विभागीय प्रमुख सहभागी थिए।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेको गुनासो सुनुवाइ इकाइ गभर्नर कार्यालयअन्तर्गत राखेर निर्देशकबाट नेतृत्व हुने गरी छुट्टै डिभिजनको रुपमा अगाडि बढाएको छ।

बैंकहरुले कर्जा असुली गर्दा ऋणीको कुरा नसुन्ने, सेवाग्राहीलाई सास्ती दिनेलगायतका गुनासा राष्ट्र बैंकमा पुगेपछि समाधानका गभर्नर अधिकारीलाई सीईओसँग छलफल गरेको बुझिएको छ।

हाल राष्ट्र बैंकमा गुनासो सुनुवाइ इकाइको नेतृत्वमा निर्देशक किरण पण्डित छन्। आजै  मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको राष्ट्र बैंकको अहिले सञ्चालक समिति बैठक बसिरहेको छ।

प्रकाशित: May 12, 2023| 11:40 शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्