शनिबार, जेठ २, २०८३

कृषि ऐन बनाउँदै सरकार

 |  शुक्रबार, वैशाख २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २९, २०८०

कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रको विकासका लागि छिट्टै कृषि ऐन ल्याउने बताएका छन् ।

National life

मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनले यस क्षेत्रमा भएका समस्या समाधान गर्न कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखेर ऐन ल्याउने तयारी भइरहेको बताए । मुलुकमा कृषि उपज बढाउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि मल, बीउबिजन, विषादी न्यूनीकरण, यान्त्रिकीकरण, बजारीकरणको व्यवस्थापनमा महत्त्व दिएर कृषकलाई सहुलियत दिने गरी ऐन ल्याउन विज्ञसँग छलफल लिइएको बताए ।

मन्त्री भुसालले स्रोत, साधन र जनशक्ति भएर मात्रै काम नहुने भन्दै सबैभन्दा ठूलो कुरा कामप्रतिको लगाव महत्त्वपूर्ण रहने बताए । हालै मात्र सरकारले तरकारी र फलफूलको विषादी जाँचसम्बन्धी नयाँ निर्णय गरेको भन्दै यसको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । कतिपय ऐन र कार्यविधिको अभावले पनि सोचे जस्तो काम हुन नसकेको भन्दै यतातर्फ गम्भीर हुन कर्मचारीलाई उनले निर्देशन दिए । 

कृषि उपजको प्रयोगमा उपेक्षा हुन थालेकामा उनले चिन्ता व्यक्त गरे । तत्काल खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संसद्बाट पास गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले मानवीय स्वास्थ्यसँग सम्बन्धित विषयमा गम्भीर रहेर सेवा प्रवाह गर्न आग्रह गरे ।

कानूनको अभावमा काम हुन नसक्ने स्थिति आए सरकारलाई खबरदारी गर्नुपर्ने भन्दै उनले अरु काम सम्बन्धित कार्यालयको हुने बताए । सबै आआफ्नो काममा लागे मात्रे सोचेजस्तो सफलता हात पर्ने उनको भनाइ थियो । 

प्रकाशित: May 12, 2023| 05:47 शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्