सोमबार, असार २९, २०८३

नेपोभिट टाइल्स दोस्रो वर्षमा

 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं-  नेपोभिट टाइल्सले स्थापनाको एक वर्ष पूरा गरेको छ। बाराको जितपुरमा २०७९ सालमा स्थापना भएको कम्पनीले बुधबार पहिलो वार्षिकोत्सव मनाएको हो।

कार्यक्रममा नेपोभिट टाइल्सका प्रबन्ध निर्देशक मनोज रौनियारले एक वर्षको चुनौती तथा सम्भावनाबारे जानकारी गराउँदै नेपोभिट टाइल्स अझै बृहत र विस्तृत ढंगमा प्रस्तुत हुने बताए।

त्यसैगरी, अधक्ष्य शम्भुनाथ झाले नेपोभिटले एक वर्षमा भोग्नुपरेका समस्या उजागर गरे। उनले कच्चा पदार्थ उत्खन् र ढुवानीसम्बन्धी स्पष्ट ऐन कानुन नहुनाले लागत रकम बढेको जानकारी गराए।

कम्पनीले घरायसी तथा व्यावसायिक प्रयोजनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको टाइल्स उत्पादन गर्दै आएको छ।
 

प्रकाशित: May 11, 2023| 21:00 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्