सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रमा ४५ प्रतिशतसम्म छुट

अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रमा ४५ प्रतिशतसम्म छुट

 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं- अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रमा ४५ प्रतिशत सम्म छुट प्राप्त गर्न सकिने भएको छ।

बुधवार सनराइज बैंकले काठमाडौँ विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग छुट प्रदान गर्ने सम्झौता गरेको छ।

सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको क्रेडिट, डेबिट कार्ड, क्यू आर वा मोबाइल बैंकिङ्ग मार्फत हेल्थकेयरका विभिन्न सेवा तथा उपचार सुविधामा ४५ प्रतिशत सम्मको छुट पाउन सक्ने जनाइएको छ।

सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थकेयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेका हुन।
 

प्रकाशित: May 11, 2023| 20:00 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्