सोमबार, असार २९, २०८३

भक्तपुरको राधेराधेमा टाटा मोटर्सको नयाँ शोरुम 

 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरुको विशेष सेवाको लागि भक्तपुरमा नयाँ शोरुमको सञ्चालनमा ल्याएको छ।

सिप्रदी ट्रेडिङका तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब. राणा तथा टाटा मोटर्स लिमिटेडका तर्फबाट पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रद्वारा संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन भएको हो। 

नयाँ शोरुम उद्घाटनसँगै टाटा मोटर्सले बजारमा आफ्नो सेवा विस्तार गरेको छ भने नयाँ शोरुममा टाटा मोटर्सको पेसेन्जर भेहिकलहरु प्रदर्शन गरिएका छन्। ग्राहकहरुलाई बिक्रीपश्चात् पनि भरपर्दो सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्य स्वरुप टाटाको सर्वश्रेष्ठ सर्भिस नेटवर्क नेपालभर फैलिएका छन्।

नयाँ शोरुम उद्घाटन गर्ने क्रममा सिप्रदी ट्रेडिङ कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब. राणाले सिप्रदीको आफ्नै नयाँ शोरुमहरु खोली ग्राहकहरुलाई सेवा दिन पाउँदा निकै खुशी लागेको बताए। साथै उक्त नयाँ शोरुमले ग्राहकहरुलाई गाडी खरिद गर्दा र खरिदपश्चात्को नयाँ विश्वसनीय अनूभूति प्रदान गर्ने समेत जानकारी गराए। 

सोही अवसरमा टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले पनि ग्राहकहरुको विशेष सेवाको लागि प्रतिबद्ध आफ्नो कम्पनीले थप सेवाका लागि  आफ्नै शोरुमहरु थप्दै लगेको व्यक्त गरे।
 

प्रकाशित: May 11, 2023| 19:00 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्