काठमाडौं– नेपाल बैंकर्स संघको कार्यकारी बैठकले जेठमा पनि बैंकको ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ।
वैशाखमा निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झारिइसके पनि निक्षेपमा उल्लेख्य सुधार नभएकाले जेठमा निक्षेपको ब्याजदर यथावत् राख्ने निर्णय भएको संघले जानकारी दिएको हो।
बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता कमी हुँदै जाँदा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशसम्म पुर्याएका थिए। गत माघमा घटाएर ११ प्रतिशत र वैशाखदेखि ९.९९ प्रतिशतमा झारेका छन्।
संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत छ भने बचतको ब्याजदर ५.४ प्रतिशत देखि ७.४ प्रतिशत कायम छ।