शनिबार, जेठ २, २०८३

दुई विमान खरिद गर्दै वायुसेवा निगम

नेवानिले प्रादेशिक रुपमा हवाई सेवा सञ्चालन गर्ने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने गरी दुई जहाज खरिद गर्ने भएको हो।
 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं– सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिदका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ। 

National life

निगमले प्रादेशिक रुपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने गरी दुई जहाज खरिद कार्ययोजना अघि बढाएको हो। 

यसका लागि २६ वैशाखमा बसेको निगम सञ्चालक समितिको बैठकले समिति सदस्य वरिष्ठ क्याप्टेन सुधीरशमशेर राईको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको छ। उक्त उपसमितिले २१ कार्यदिनभित्र प्रतिवेदन वुझाउने गरी काम सुरु गरिसकेको छ। 

‘सहरी क्षेत्रका विमानस्थलमा चल्ने जहाज नभएकाले निगमले हाल सहरी एवं व्यापारिक हिसाबले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन’, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निगमले दुई वटा जहाज खरिद गरेपछि काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढीलगायत क्षेत्रबाट प्रादेशिक उडान भर्न सक्नेछ।’ 

प्रकाशित: May 11, 2023| 14:38 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्